प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट !

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । सांसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले शपथ नलिएको व्यक्तिलाई संसद्ले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

सो रिटबारे सुनुवाइ गर्न पेशी भने शुक्रबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *