सिरियामा भिषण हवाई आक्रमण, मर्नेको संख्या ८०० नाघ्यो

काठमाडौं, फागुन २३ । सीरियामा विद्रोहीको कब्जामा रहेको पुर्वी घोउतामा मंगलबार ठुलो स्केलमा हवाई हमला भएको छ । दिन प्रतिदिन हिंसाले झन उग्र रुप लिएको देखेर फ्रान्स तथा व्रिटेनले संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग समेत गरेका छन् ।

“सीरियन अब्जजरभेटर फर ह्युमन राइटस् ” ले मृतकको संख्याको ताजा रिपोर्टमा बताए अनुसार रुस समर्थित शासनको सुरक्षा बलद्धारा दमिश्कको वाहिरि इलाकामा १८ फे्रबुवरी पछि गरीएको हमलामा कमसेकम १७७ बालबालिकाको साथै ८०० नागरीकहरुको ज्यान गईसकेको जनाएको छ । जसका कारण रुसले पनि उक्त घाटा ब्यहोनु परेको थियो ।

रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार रुसी परिवहन विमान मंगलवार पश्चिमी सीरियाको एउटा हवाई अड्डामा दुर्घटनाग्रस्त भएको थियो । जसमा सवार चालकदलका ६ जना सहित ३२ जनाको मुत्यु भएको थियो ।

दमिश्कको नजिकै विद्रोहीको कब्जामा रहेको मुख्य क्षेत्र पुर्वी घोउतामा सुरक्षा परिषदद्धारा एक महिनाको लामो युद्ध विरामको माग पछि पनि एक हप्ता भन्दा बढि समयदेखि उक्त क्षेत्रमा बम हमला तथा झडप जारी रहेको छ । ब्रिटेन स्थित निगरानी समुह “सीरियन अब्जजरभेटर फर ह्युमन राइटस्”  ले बताए अनुसार मंगलबार मात्र कम्तिमा १९ जनाको ज्यान गएको दाबी गरेको छ ।

लगातार भएको आक्रमणको कारण फ्रान्स र ब्रिटेनले संयुक्त राष्ट्रको शिर्ष इकाई सुरक्षा परिषदको आपतकालिन बैठक बोलाउनको लागी आग्रह समेत गरेका छन् । युद्ध विराम विफल भएको कारण आदि बारेमा आज छलफल हुन सक्ने सम्भावना रहेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *