एकसाता देखिको दुनै बन्द खुल्योे

डोल्पा, फागुन २३ । डोल्पा सदरमुकाम दुनै एकसाता देखिको बन्दपछि बुधबार बिहानैदेखि खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामवासीले एक सातादेखि आन्दोलन जारी राखेका थिए ।

बन्दका कारण शैक्षिक संस्था, बैंकिङ कारोबार, दैनिक उपभोग्य वस्तुहरुको आपूर्तिमा सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्यनजर राख्दै बुधबारदेखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।

बुधबारदेखि बन्द खुलाइए पनि सांकेतिक आन्दोलन र वैचारिक आन्दोलनलाई जारी राखिने बताइएको छ । यसअन्तर्गत शान्तिपूर्ण विरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झण्डा प्रदर्शन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।

उनका अनुसार छोटो अवधिमा आफूहरुको माग पूरा नभए पुनः आन्दोलनको स्वरुपमा परिवर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *