बिरामीलाई भारत लैजाने व्यक्ति पक्राउ

झापा, फागुन २२ । उपचारको नाममा विभिन्न आश्वासन देखाएर भारतको पानी ट्यांकी स्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ ।

पछिल्लो समय बाह्रदशी गाउँपालिका–– २ राजगढका कालीबहादुर भण्डारी ठगिएको र उनले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ का रुपमा कार्यरत रहेको भन्दै ठगी गरेको भण्डारीको आरोप छ । पक्राउ परेका भट्टराईलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *