धरानमा ईङघङ (सन्देश ) नामक नाटक पुन मञ्चन हुने 

धरान, फागुन २२ । गत माघ ९ गतेदेखी १५ गते सम्म धरान–८ सभागृहमा मञ्चने भएको लिम्बू मिथकको ईङघङ (सन्देश) नाटक पुन मञ्चन हुने भएको छ ।

यो नाटक आगामी फागुन २७ गतेदेखि लगातार ६ दिन चल्नेछ । आम दर्शाकहरुको मागलाई मध्यनजर गरी पुन नाटक मंञ्चन गर्न लागिएको हो ।

रंगभूमि एकेडेमीले मञ्चन गर्न लागेको नाटकमा अशिक्षाले निम्त्याउने छुवाछुत, अन्धविश्वासलाई देखाउने प्रयास गरिएको लेखक तथा निर्देशक कलाकार विष्णु मोक्तानले मंगलबार एकेडेमीको सभाहलमा गरेको पत्रकार सम्मेलनमा बताए ।

‘अशिक्षाका कारण भित्री रुपमा अझै छुवाछुत र अन्धविश्वास हट्न सकेको छैन् ।’ उनले भने, ‘त्यसलाई हटाउने यो नाटकको उद्देश्य हो ।’

नाटकले आगन्तुक पश्चिमा संस्कृतिले मौलिक संस्कृतिलाई हस्तक्षेप गरेको विषयमा पनि उठान गरेको उनले बताए । एक घण्टा ४५ मिनेट लामो नाटकमा लेखक निर्देशक मोक्तानका अलवा कलाकार दीपेन्द्रसिंह दर्नाल, प्रेशिका निरौला, तुलसा थापा, संकर थापा, केबि लिम्बु, हरि इवाहाङ, कुमारी राई, उदीप लिम्बु, निश्चल कुलुङ, सोनाम मगर, मिलन चाम्लिङलाई देख्न सकिने छ ।

नाटकमा विनायक राईको संगीत सम्योजन रहेको छ । नाटक स्कुल, कलेजका विद्यार्थीहरुका साथै आम् दर्शकलाई लक्षित गरिएको छ । शिक्षामार्फत् मात्रै अन्धविश्वास र कुरीति हटाउन सकिने निर्देशक मोक्तानले बताए ।

एकेडेमीले यस अघि तीन दिनसम्म ‘अव टाउको कहिले हल्लिन्छ’ नामक नाटक मञ्चन समेत गरेको थियो । त्यस्तै सडक नाटक र कचहरी नाटक करिव ८ पटक मञ्चन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *