विराटनगरमा ४५ लाखसहित भारतीय पक्राउ

विराटनगर, फागुन २२ । नेपाल भारत सीमास्थित भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय ४५ लाख रुपैया सहित पक्राउ परेका छन् ।
प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साहलाई सो परिमाणको रकम र गाडीसहित सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा साहलाई विआर ११ एए ६२६५ नं को भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिइयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कुन प्रयोजनका उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धानपछि सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाइने बताए । उनले उक्त रकम हुण्डी कारोवारको रकम हुन सक्ने आशंका व्यक्त गरे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *