‘भद्रगोल’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा

“हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । शुक्रबार राती अपलोड गरिएको टेलिश्रृंखलाको भिडियो मंगलबार साँझ मल्टिस्टार चलचित्र ‘शत्रु गते’को ट्रेलरलाई उछिन्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको हो ।

सार्वजनिक टेलिश्रृंखलाको १ सय ६१ औँ श्रृंखलामा होली पर्वको विषयवस्तुलाई समेटिएको छ । साथै यो एपिसोडको अर्को गज्जबको पक्ष भनेको सागर लम्साल (बले), हरिस निरौला (कक्रोज) र गोबिन्द कोईराला (जयन्ते) महिलाको गेटअपमा देखिएका छन्, जसले दर्शकलाई अझ धेरै मनोरञ्जन प्रदान गरेको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आईरहँदा भिडियोलाई ८ लाख भन्दा बढि पटक हेरिसकिएको छ भने १९ सय भन्दा धेरै प्रतिक्रियाहरु आएका छन् ।

अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को लेखन तथा निर्देशनमा तयार भएको ‘भद्रगोल’का श्रृंखला निर्देशक दीपक आचार्य हुन् । रबिन भट्ट र राजेश मानन्धरको सम्पादनमा बनेको हाँस्य टेलिश्रृंखलाको क्रियटिभ टिममा श्रृंखला निर्देशक आचार्य र हरिस निरौला छन् । सागर खड्काको छायांकन रहेको ‘भद्रगोल’को यो एपिसोडमा अर्जुन, कुमार, दीपक, हरिस, सागर र गोबिन्दको साथमा कमलमणी नेपाल, रक्षा श्रेष्ठ, रश्मी पाण्डे, अशोक धिताल, मधुसुदन पाठक लगायतका कलाकारहरुको अभिनय छ ।

 

https://youtu.be/z23BSSeGAwM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *