प्रदेश ५ : मुख्यमन्त्री पोखरेलले फागुन २७ गते विश्वासको मत लिने

रुपन्देही, फागुन २२ ।  प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकर पोखरेलले फागुन २७ गते विश्वासको मत लिनु हुने भएको छ ।

सोमबार बसेको मन्त्री परिषदको तेश्रो बैठकले फागुन २७ गते मुख्यमन्त्री पोखरेलले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेको हो । फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका पोखरेलले २४ दिनपछि विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक प्रावधान छ । यस्तै फागुन २७ गते बस्ने बैठकमा प्रदेश आर्थिक कार्यविधि, स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धी विधेयक पेश गर्ने तयारी रहेको भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *