क्रिकेट खेलाडीलाई बधाई तथा सम्मान

इलाम, फागुन २१ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पूर्वाञ्चलबाट सहभागी भई उपविजेता भएका इलामका खेलाडीलाई सदरमुकाम इलाममा आज एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय युवा परिषद्को स्थापना दिवसको उपलक्ष्यमा उनीहरुलाई सम्मान गरिएको हो ।

जिल्ला युवा समिति इलामको आयोजनामा भएको कार्यक्रममा खेलाडीहरु पुष्पा मगर, जानुका खवास र संगम तामाङलाई सम्मान पत्र प्रदान गरिएको थियो । उनीहरुलाई १ नं प्रदेशका सांसद रामबहादुर रानाले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *