मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु

रौतहट, फागुन २१ । स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए । घटनास्थल सदरमुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *