बसको ठक्करबाट दुईजना प्रहरीको मृत्यु

पोखरा, फागुन २१ । पोखरामा दुई जना प्रहरी सवार मोटरसाईकललाई बसले ठक्कर दिंदा दुबैजनाको मृत्यु भएको छ ।

बागलुङबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिँदा ग ११ प ३६४५ मोटरसाइकलमा सवार प्रहरी जवानद्धय सुशिल बानियाँ र प्रदीपकुमार यादवको मृत्यु भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । उनीहरु वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ।

उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने प्रहरीले बताएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *