पाकिस्तानी प्रधानमन्त्रीलाई टुंडिखेलमा ‘गार्ड अफ अनर’

काठमाडौं, फागुन २१ । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी आज नेपाल आउँदै छन् । उनको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।

विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको बुझिएको छ ।
सोमबार नेपाल आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण गर्नेछ ।

यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो गार्ड अफ अनर अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ । अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्ने भएका छन् ।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने सरकारले निर्णय गरेको छ । दिउँसो विमानस्थल आइपुग्ने बित्तिकै उनी सीधै टुँडिखेल जानेछन् । गार्ड अफ अनरको कार्यक्रम सकिएपछि उनी होटल हायात पुग्नेछन् । बेलुकी उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *