संसदीय दलको नेतामा ‘शेर र सिंह’ भिड्दै

काठमाडौं, फागुन २० । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेद्धवारी दर्ता गराएका छन् ।

नेता सिंहको प्रस्तावकमा नेतृ सितादेवी यादव छिन् । त्यस्तै समर्थकमा पूर्वमन्त्री समेत रहेका नेता सञ्जयकुमार गौतम रहेका छन् । सभापति देउवाले दर्ता गरेको मनोनयनमा विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर विश्वकर्मा समर्थक बसेका छन् ।

सभापति शेरबहादुर देउवाले वारेशमार्फत दलको नेताका लागि मनोनयन दर्ता गरे । सभापति देउवाको मनोनयन उनका विश्वासपात्र मानिएका कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले पार्टीले गठन गरेको निर्वाचन समितिमा दर्ता गरेका हुन् ।

चीनकाजी श्रेष्ठ संयोजकत्वको निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आज ९आइतबार० बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन र फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ ।

समितिले उम्मेदवारले नाम फिर्ता लिने समय फागुन सोमबार बिहान सवा ८ बजेसम्मका लागि तोकेको छ । सोमबार बिहान साढे ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म दलको नेताका लागि मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *