भरौल गोल्डकप फुटबल फागुन २६ देखि

सुनसरी, फागुन २० । सुनसरीको बराहक्षेत्र नगरपािलका ५ मा न्यु स्टार क्लवले तेश्रो भरौल गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन २६ गतेदेखि चैत ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजनाको मुख्य उद्देश्य ग्रामीण स्तरमा रहेका खेलकुदलाई उर्वर बनाउने तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउने रहेको छ ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतियोगीता गर्न लागेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगितामा हालसम्म ८ टिमको सहभागिता निश्चित भइसकेको कार्कीले जानकारी दिए । जसमा आयोजक न्यु स्टार क्लव भरौल, बिर्ता युनाईटेड क्लव झापा, मोरङ युनाईटेड क्लव मोरङ, राष्ट्रिय जागृती क्लव इटहरी, रेड हर्स क्लव इलाम, बराह टेनिङ सेन्टर बराह, कञ्चनजंघा एकेडेमी भारत र चर्च ब्वाईज क्लव काठमाडौको सहभागीता रहनेछ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने टिमहरुबीच प्रतिस्पर्धा गराई अन्तिम दुई टोलीबीचको फाइनल खेल चैत्र ३ गते हुनेछ ।

खेलमा प्रथम हुने टीमले नगद २ लाख, टर्फी, मेडल तथा प्रमाणपत्र दोश्रो हुने टीमले नगद १ लाख, टर्फी, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार,सर्वाधिक गोलकर्ताले १० हजार, तथा राईजिङ प्लेअरले नगद ५ हजार प्राप्त गर्नेछन् ।

करिब २३ लाखको लागतमा हुन लागेको प्रतियोगीताका सम्पुर्ण खेलहरु बराह नगरपालिकाको भरौल निर्माणधीन रंगशालामा खेलाइने छ ।

सुनसरी जिल्ला खेलकुद बिकास समितिका महासचिव जीवन विष्टले फुटबल खेलको विकासको लागि वातावरण निर्माण गर्न, स्थानीय, क्षेत्रीय, राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्न, फुटबल खेलाडी तथा खेलप्रेमीहरुलाई संगठित गर्न, नवप्रतिभाहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन् ।

यस प्रतियोगिताबाट बराह नगरपालिकालाई फुटबल खेलकै माध्यमबाट परिचित गराउने, फुटबल प्रशिक्षण सञ्चालन गर्ने, युवाहरुलाई सक्षम र अनुशासित नागरिकका रुपमा रुपान्तरण गर्दै राष्ट्रिय टिममा बराहका युवाहरुलाई उपस्थित गराउने र आगमी दिनमा सार्क राष्ट्र भित्रका उत्कृष्ट टिमहरुलाई सहभागी गराई अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्य रहेको समेत आयोजकले जनाएको छ ।’

क्लवले यसअघि २ वटा प्रतियोगिता सम्पन्न गरिसकेको छ भने दुईवटै प्रतियोगीताको टर्फी समेत आयोजक आफै उचाल्न सफल समेत भएको छ ।

तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न र बराहक्षेत्रलाई खेलकुदको नगरका रुपमा विकास गर्न १ करोडभन्दा बढि रकम विनियोजन गरिएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजु अधिकारीले बताए ।

त्यसैगरी खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि समेत आवश्यक भएकाले फुटबल खेललाई महत्वका साथ हेरिएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा पूर्व राष्ट्रिय कृतिमानी धावक आशाराम चौधरीले बताए ।

फुटबल खेलका लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको भरौलको खेल मैदानमा १ हजार जना दर्शकले दैनिक खेल हेर्ने अपेक्षा गरीएको आयोजक क्लवका सदस्य सुमन मेहताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *