पिकअप दुर्घटनामा चालकको मृत्यु

इलाम, फागुन २० । इलाम नगरपालिका–४ खरखरेमा आज अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५ का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ ।

पुवाखोला छेउ बेँसी बाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मे१ज १६७३ नंको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटनामा परेको थियो । पिकअपमा पाँच जना सवार भए पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *