के होला ? अस्थायी शिक्षकको भविष्य

काठमाडौं, फागुन २० । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा अस्थायी शिक्षकको परिक्षा हुने नहुने बारेमा टुंगो लाग्ने भएको छ । आगामी फागुन २३ गते हुन लागेको बहसले अस्थायी शिक्षकको चैत्र २३ को परीक्षा हुने–नहुनेमा फैसला गर्ने छ । सोही फैसला मार्फत सबै अस्थायी शिक्षकले परिक्षा दिन पाउने–नपाउने तय हुने भएको हो ।

अधिवक्ता कोषराज काफ्लेका अनुसार, सो दिनको बहस पछि फैसला जेसुकै आएपनि परीक्षा निर्धारित समयमा नै हुने तर, बहस स्थगित वा सरे चैत २३ को परीक्षा पनि सर्ने छ ।

शनिबार राजधानीमा पुनरुत्थानवादी समुह नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अधिवक्ता काफ्लेले फागुन २३ गते हुने संवैधानिक इजलाशको बहसले चैत २३ गतेको परीक्षा हुने नहुने निक्र्यौल गर्ने बताए । उनका अनुसार आगामी फागुन २३ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रधानन्यायधीश गोपाल पराजुली, न्यायधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपकुमार कार्कीको संयूक्त इजलाशमा अस्थायी शिक्षकका सम्बन्धमा भएको शिक्षा ऐन को नवौं संशोधनका सम्बन्धमा बहस हुँदैछ ।

यस अघि २०७४ पौष १४ गते पेशी तोकिएपनि सो दिनको बहस सरेर माघ १४ गते र पुन सरेर आगामी फागुन २३ गते पुगेको थियो । सोही दिन अस्थायी शिक्षक सम्बन्धी ११ वटा मुद्दामा बहस हुने भएको छ । मंसिर २९ गतेको संवैधानिक इजलाशले आठौं र नवों संशोधित शिक्षाऐन र विगतका सर्वोच्च अदालको फैसलासँग बाझिएका ११ वटा मुद्दाको बहस पौष १४ गते गर्ने आदेश दिएको थियो । जुन पछि सर्दै फागुन २३ गते पुगेको हो ।

अधिवक्ता काफ्लले मुद्दाको टुंगो नलाग्दासम्म परीक्षा स्थगित गर्न माग राखेर अदालतमा यसअघि नै दुईवटा मुद्दा परिसकेकाले अब बाँकी आगामी फागुन २३ गते मुद्दाको फैसला नभए वा सरे एउटा निवेदन दिएर अदालतबाट परीक्षा स्थगित गराइने बताए ।

पत्रकार सम्मेलनमा बझाङका अस्थायी शिक्षक टिकाबहादुर घर्तीले अस्थायी शिक्षकहरुले यसअघिको शिक्षा ऐन र सर्वोच्चको फैसला अनुसार पाइसकेको अधिकार आठौं र नवों ऐन सशोधनले प्रकार, प्रतिशत र समयरेखाका आधारमा खोस्न खोजेपछि अदालतको शरणमा पुगेको बताए । चक्रेश्वर मावि काभ्रेका अस्थायी शिक्षक युवराज दाहालले सवै अस्थायी शिक्षकहरुलाई न्याय हुने गरी परीक्षा नहुँदा सम्म आफुहरु निरन्तर संघर्ष गरिरहेने बताए । गुह्वेश्वरी मावि काठमाडौंका अस्थायी शिक्षक दण्डपाणी भूसालले फागुन २३ को मुद्दाको टुंगो नलागेसम्म चैत्र २३ गतेको परीक्षा कुनै हालतमा हुन नदिने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *