टिकापुर हत्या आशंकामा १३ जना पक्राउ

टिकापुर, फागुन २० । कैलालीको टीकापुरमा होलि पर्वको अवसरमा देउडा खेल खेलिरहेका एक युवकको हत्या गरेको आशंकामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । ती मध्ये दुई जनाको संलग्नता भेटिएको प्रहरीको दाबी छ ।

१७ गते राति टीकापुर खेलमैदानमा होली खेलिरहेका बेला सीतापुरका २२ वर्षीय कर्ण थापाको छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै अनुसन्धानका लागि १३ जनालाई हिरासतमा राखेको हो ।

हत्या भएको २ दिन भैसक्दा पनि अहिल सम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै मृतकका परिवार लगायत अन्य स्थानियहरुको उपस्थितिमा शनिबार ईलाका प्रहरी कार्यालय टीकापुर अगाडी टायर बालेर आन्दोलन गरिएको थियो । हत्यारालाई कारवाही गर्न माग गर्दै स्थानीयले बजार बन्द गर्नुका साथै नाराबाजि समेत गरेका थिए ।

कैलाली प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले यो घटनामा संलग्न दुई जनाको नाम प्रमाणित भैसकेको र अरुको खोजी कार्य पनि जारी रहेको बताए । अनुसन्धानको क्रममा अप्ठ्यारो पर्ने कारण देखाउदै एसपी घिमिरेले उनिहरुको नाम भने सार्वजनिक गर्न नमिल्ने बताएका हुन ।

हजारौं मानिसहरुको बिचमा खुकुरी प्रहार गरि हत्या गरिएको घटनाका अभियुक्त पहिचान गर्न प्रहरीले ढिला गरेको भन्दै टीकापुर स्थानीय आक्रोसित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *