संघीय समाजवादी फोरमसहित आज सरकार विस्तारको तयारी

काठमाडौं, फागुन २० । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने विषयमा आज छलफल हुँदैछ । आजै सहमति भएर हस्ताक्षर भए फोरम आजै सरकारमा आउनेछ ।

संविधान संशोधन र मन्त्रालय बाँडफाँडसहित दुई बुँदामा सहमति गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र समाजवादी फोरमकाबीचमा आज ४ बजेअगाडी लिखित सम्झौता गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फोरमले तीन मन्त्रालय मागेकोमा बाम गठन्धनले दुई मात्रै दिने र प्रदेशको सिमांकन परिवर्तन लगायतका संविधान संशोधनका विषयमा सरकारले संसदमा प्रस्ताव लैजाने गरि सहमति हुन लागेको बताइएको छ ।

सहमति भए फोरम अध्यक्ष उपेन्द्र यादवसहित नयाँ मन्त्रीहरु थपेर आजै मन्त्रीपरिषद् विस्तार हुने प्रधानन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *