किन गल्ती गर्छन् डाक्टर

काठमाडौं, फागुन २० । २०६८ साउनमा थाइराइड क्यान्सरको शल्यक्रिया (अप्रेसन) गर्न अस्पताल भर्ना भएकी रुपन्देही शंकरनगर–३ की छमकुमारी बोहराको भरतपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया भयो । स्त्रीरोग विशेषज्ञ डा. जितेन्द्र परियार नेतृत्वको टोलीले एउटा रोगको उपचार गर्नुपर्ने बिरामीलाई अर्कै उपचार गर्‍यो । नेपाल मेडिकल काउन्सिलले परियारको चिकित्सक लाइसेन्स ६ महिनाका लागि रद्द गर्‍यो।

 गत फागुन ११ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा बायाँ घुँडाको लिगामेन्टको उपचारका लागि भर्ना भएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया भयो । अस्पतालका शल्यचिकित्सक डा. प्रविन नेपाल नेतृत्वको टोलीले गरेको शल्यक्रियामा अस्पताल प्रशासनले गल्ती स्वीकारेर बिरामी पक्षसँग सम्झौता गरिसकेको छ । यो घटनामा पनि काउन्सिलले थप अनुसन्धान जारी राखेको छ।

‘महत्त्वपूर्ण कुरा त बिरामीसँग डाक्टर वा अन्य स्वास्थ्यकर्मीको संवाद हुनुपर्छ, भरोसा जाग्नुपर्छ । अहिले चिकित्सा सेवामा आचारसंहिता र मानवीय पक्ष हराउँदै गएको छ।’

एकातिर उपचारका क्रममा ‘लापरबाही’ भएको भन्दै चिकित्सकमाथि आक्रमणका घटना बढिरहेका छन् भने अर्कोतिर उपचारका क्रममा हुने असावधानी र समन्वय अभावमा चिकित्सकीय त्रुटि (मेडिकल एरर) का घटना बढिरहेका छन् ।

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएका, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि र जाँच थोपरेर आर्थिक शोषण गरेका, बिरामी नहेरीकनै मानसिक समस्या भएको भन्दै गलत रिपोर्ट दिने गरेका तथ्यका आधारमा काउन्सिलले धेरै चिकित्सकमाथि कारबाही गरिसकेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *