लागुऔषध स्पास्मोप्रोक्सिवन सहित पक्राउ

धरान, फागुन १९ । सुनसरीको धरानबाट आज एक हजार पाँच सय पचपन्न थान लागुऔषध स्पास्मोप्रोक्सिवन क्याप्सुल सहित एक जना पक्राउ परेका छन् ।

लागुऔषध विक्रि वितरणमा संलग्न धरान उपमहानगरपालिका ८ बस्ने सुर्य लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएका टोलीले लागुऔषध सहित पक्राउ गरिएको हो ।

लिम्बुले आफ्नै घरमा लागु विक्रि गर्ने गरेको भन्ने सुचना पाएपछि प्रहरीले उनको घर खानतलासी गर्दा ठुलो परिमाणमा लागुपदार्थ बरामद भएको थियो । लिम्बुलाई अनुसन्धानका इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *