मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

डेढ लाखले बाचन गरे बुद्ध वचन ‘धम्मपद’

काठमाडौं, फागुन १९ । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए ।

त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’ यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ ।

धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

तस्वीर रासस

प्रतिकृयाहरु
Loading...