हत्याको विरोधमा टीकापुर बजार बन्द

धनगढी, फागुन १९ । टिकापुरमा एक युवकको हत्या भएपछि विरोधमा शनिबार टीकापुर बजार बन्द भएको छ । १७ गते राति टीकापुर खेलमैदानमा होली खेलिरहेका बेला सीतापुरका २२ वर्षीय कर्ण थापाको छुरा प्रहार गरी हत्या भएको थियो ।

सत्यतथ्य छानविन गरी हत्यारालाई पक्राउ गर्न दबाब दिन आज बिहानैदेखि टीकापुर बजार बन्द गरिएको हो । स्थानीयले ईलाका प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् ।

यसैबीच प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन भइरहेको छ । घटनाको विभिन्न राजनीतिक दलका युवा संघसंगठन तथा सामाजिक संस्थाहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *