कम्युनिष्टसँग संसदमा भिड्न ‘एक ब्यक्ति, एक पद’ : गगन थापा

चितवन, फागुन १९ । नेपाली काँग्रेसका नेता गगन थापाले संसदमा झण्डै दुई तिहाईको नजिक रहेका कम्युनिष्टहरुसँग भिड्न एकै ब्यक्ति पार्टी सभापति र संसदीय दलको नेता हुन नहुने बताएका छन् ।

थापाले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताउँदै त्यसका लागि दुई तिहाई बहुमत पुर्‍याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नका लागि एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने दावि गरे । थापाले कांग्रेसको पुर्नसंरचना आवश्यक भएको पनि औल्याए । ‘अबपनि पुरानै संरचना र विचारबाट कांग्रेसलाई लैजाने हो भने पार्टीको अस्तित्व नै संकटमा पर्छ ।’ उनले भने ।

उनले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि गर्नुपर्ने बताए । उनले कांग्रेस अब बलियो प्रतिपक्षीको रुपमा संसदमा रहेर सरकारको काम कारवाहीको मुल्याङकन गर्ने बताए ।

यसैगरी नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराएका थिए । आज पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराएका थिए।

भारतमा रहेका नेपाली भारतीय सरकारबाट विभिन्न खालका विभेद्मा परेको भन्दै उनले सरकारीस्तरबाट त्यस्ता विभेद् हटाउन पहल गरिनुपर्ने बताए। भारतमा रहेका नेपाली सीमामा आवतजावत् गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार सम्बन्ध गर्दा महँगो शुल्क तिर्नुपर्ने, नेपाली महिला यौन हिंसामापर्ने, श्रम शोषण हुने, परिचयपत्रको मान्यतामा विभेद्, के कति नेपाली भारतमा छन्, तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुने जस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन् ।

भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने सो अवसरमा नेता थापाले आश्वासन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *