‘परी’ हेरेर डराए कोहली

“शुक्रबारदेखि रिलिज भएको फिल्म ‘परी’ हेरेपछि भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पत्नीले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरका छन् । फिल्म हेर्दा आफु डराएको पनि कोहलीले खुलासा गरेका छन् ।
डेब्यू निर्देशक प्रोसित राय निर्देशित फिल्मलाई अनुष्का शर्माले सहनिर्माण गरेकी हुन्।

ट्वीटमा उनले यस्तो लेखेका छन्। ‘गएराती मैले ‘परी’ हेरें। यो मेरी पत्नीको आजसम्मको सबैभन्दा राम्रो काम हो। पछिल्लो समय मैले यो जत्तिको राम्रो अर्को कुनै फिल्म हेरेको छैन्। डर पनि लाग्यो तर अनुष्का शर्मा मलाई तिमीप्रति गर्व छ ।’

 

‘एनएच १०’ तथा ‘फिलौरी’ पछी यो अनुष्काले निर्माण गरेको तेस्रो फिल्म हो। फिल्ममा बंगाली अभिनेता परमब्राता चट्रजीले अनुष्कासँग अभिनय गरेका छन्।

हेर्नुहोस् ट्रेलर

https://youtu.be/shLf3JtMEc4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *