फेकनको वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा युवराज

काठमाडौं, फागुन १९ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले युवराज कटुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष कटुवाल असफोर्ड इन्टरनेशनल प्रा.लि.का संचालक हुन् । समितिको उपाध्यक्षमा निमास एजुकेशनकी गीता रिजाल निर्वाचित भईन् । उनी बर्तमान कार्य समिति सदस्य हुन् ।

महासचिवमा सेतो एकेडेमीका भुपाल तामाङलाई निर्वाचित गरेको छ भने, सचिवमा अभित ढुङगाना, सहसचिवमा राजु निरौला र कोषाध्यक्षमा इन्द्र तामाङ निर्विरोध निर्वाचित भए । समितिको सदस्यहरुमा बालकृष्ण बिष्ट, उमेश कुश्र्वार, हेमन्त राज दुलाल, संजित कुनौजिया, राजकुमार शर्मालाई निर्वाचित गरेको छ ।

अध्यक्षमा पुनः निर्वाचित अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श ब्यवसायलाई ब्यवस्थित गरी पेशगत हक हितका लागि सदैव लागि पर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *