सानिमा बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख सहयोग

फागुन १८, काठमाडाैं । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस सुन्तली फाउण्डेशनलाई २१ लाख सहयोग गरेको छ । सन्तपुरमा बाढी पीडितका लागि सुविधासम्पन्न एकीकृत नमुना बस्ती निर्माण गर्दा लाखौं रुपैंया ऋणमा परेको फाउण्डेशनलाई बैंकले सो रकम सहयोग गरेको हो ।

भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक महोत्तरीको सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी गत माघ २३ गते उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।

उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको जनाएको छ । एक कार्यक्रमका बिच बैंकका सञ्चालक तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गरेका थिए । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई सह्राना गर्दै सानिमा बैंक पनि जोडीन पाउँदा खुशी लागेको सञ्चालक पौडेलले बताए ।

कार्यक्रममा बोल्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउदै बैंकिङ्ग क्षेत्रबाट अहिले सम्मको सबै भन्दा ठूलो धन राशी सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिए । उनले केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सन्तपुर बस्ती परियोजना समय सीमा भित्रनै सम्पन्न गरी हस्तान्तरण भएको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नु पर्ने बताए ।

सानिमा बैंकले सन् २०१२ देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल बैंकको सबै भन्दा न्यून निष्कृय कर्जा तथा नेपाल भरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. सञ्जाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *