काठमाडौं, फागुन १८ । काठमाडौंको चुच्चेपाटीमा एक युवकको हत्या भएको छ ।

लुम्विनी कलेज नजिकको गल्लीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या गरिएको खुलासा भएको छ । छातीमा धारिलो हतियार प्रहार हुँदा घाइते भएका शेर्पाको मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।

शेर्पाको हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य विवादमा विवेकले गएराति छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *