५ दिनको अन्तरालमा आर्सनल दोस्रोपटक म्यान्चेस्टर सिटीसँग पराजित

काठमाडौं, फागुन १८ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । गएराति आफ्नै मैदानमा खेलेको आर्सनलविरुद्ध सिटीका बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लेरोए सानेले एक–एक गोल गरे । आर्सनलको यो हार सिटीविरुद्ध ५ दिनको अन्तरमा लगातार दोस्रो हो ।

गत आईतबार सम्पन्न काराबाओ कप फुटबलको फाईनलमा पनि म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको थियो ।

गएरातिको जितपछि म्यान्चेस्टर सिटीले भने लिग तालिकामा आफ्नो अग्रता झनै फराकिलो पारेको छ । लिगमा २८ खेलबाट सिटीको ७५ अंक छ । समान खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपूलको ५७ अंक छ ।

५५ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा ५३ अंक जोडेको चेल्सी पाँचौ तथा ४५ अंक जोडेको आर्सनल छैटौं स्थानमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *