नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु

काठमाडौं, फागुन १८ । नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ ।

प्रयोगशालामा परीक्षण गर्दा ३ सय १७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ । नयाँ वर्षको बेला देखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ ओटा राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *