स्पेनिस लिग फुटबल: बार्सिलोनालाई लास पाल्मासले बराबरीमा राेक्याे

काठमाडौं, फागुन १८ । स्पेनिस लिग फुटबलमा बार्सिलोनालाई लास पाल्मासले बराबरीमा रोकेको छ । गएराति लास पाल्मासको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलमा बार्सिलोनाका लियोनल मेस्सीले २१ औं मिनेटमा पहिलो गोल गरे । तर, ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई लास पाल्मासका जोनाथन क्यालेरीले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा आलाभेजले लेभान्तेलाई १–० ले हराँउदा रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि स्पेनिस लिगको अंक तालिकामा २६ खेलबाट ६६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ५१ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *