वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भाेली फेरि वार्ता हुने

काठमाडौं, फागुन १८ । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच शनिबार फेरि वार्ता हुने भएको छ । पटक पटक भएको वार्ताले मन्त्रालय भागबण्डाको विषय टुंग्याउन नसकेपछि शनिबार शीर्ष नेताको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

संविधान संशोधनबारे करिब करिब सहमति भएपनि पदीय भागबण्डाको विषय भने पेचिलो बन्दै गएको छ । शनिबार बस्ने वार्तामा मन्त्रालयको टुंगो लगाएर औपचारिक सहमति हुने नेताहरुले दाबी गरेका छन् ।

सरकारमा सहभागी हुन फोरमले ३ मन्त्रालय र उपसभामुख तथा राष्ट्रिय सभाको उपाध्यक्षमध्ये एउटा पद पनि मागेको छ । वाम गठबन्धन फोरमलाई तीन मन्त्रालय दिन तयार छैन ।

फोरमलाई २ मन्त्रालय सहित उपसभामुखमा मनाउने वाम गठबन्धनको रणनीति छ । तर नेताहरुले मन्त्रालयको भागबन्डाको विषय प्रमुख नभएको दाबी गरेका छन् । फोरमलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *