वृषेशचन्द्र लाल भए ‘महामूर्ख’

काठमाडौं, फागुन १८ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल महामूर्ख घोषित भएका छन् ।

मिथिला नाट्यकला परिषद् (मिनाप) ले बिहीबार आयोजन गरेको रंगारंग कार्यक्रमबीच लाललाई महामूर्ख घोषणा गरेको हो ।

 फागुपूर्णिमाको अवसरमा बिहीबार ‘महामूर्ख’ उपाधिसँगै विभिन्न पदवीबाट विभूषित विशिष्ट व्यक्तिहरू ।

फागुको अवसरमा मिनापले गत २२ वर्षदेखि दुई दिवसीय फागु महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सवको पहिलो दिन बुधबार फागु गायन प्रतियोगिता सम्पन्न भएको थियो भने बिहीबार महामूर्ख सम्मेलनको आयोजना गरिएको हो ।

अर्का राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेत्री मुक्ता यादवलाई दाइबत्तीको आस्पद प्रदान गरिएको थियो भने प्रदेशसभा सदस्य रामाशिष यादवलाई हराशंख, परमेश्वर साहलाई लोढाशंकर, प्रमिलादेवी दासलाई दिलतोडियाको पदवी प्रदान गरिएको थियो ।, यो खबर आजकोकान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *