हङकङसँगको खेल खराव मौसमले स्थगित

काठमाडौं, फागुन १७ ।आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको ‘वार्मअप’ खेल खराब मौसमका कारण रद्द भएको छ ।नेपाली समयअनुसार दिउँसो सवा १ बजेबाट शुरु हुनुपर्ने खेल वर्षासँगै खराब मौसमका कारण हुन नसकेको हो ।

समूह बीमा नेपाल र जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । अर्को समूहमा वेस्टइण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्युगिनी र युएई छन् ।

१० टोली सहभागी प्रतियोगिताबाट शीर्ष २ टोली आगामी वर्ष सन २०१९ मा हुने विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । वेस्टइण्डिज, जिम्बावे, आयरल्याण्ड, अफगानिस्तान र नेदरल्याण्डका अलावा बाँकी ३ टीमले एकदिवसीय मान्यतासमेत पाउनेछन् ।

नेपाल प्रतियोगिताको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता पाउने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको छ ।

अब नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बावेको सामना गर्नेछ । यसअघि युएईसँग भएको वार्मअप खेल नेपालले ५ विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *