काठमाडौंमा होलीको रौनक(फोटो फिचर/भिडियो)

काठमाडौं, फागुन १७ । आज राजधानी काठमाडौं सहित देशका पहाडी क्षेत्रमा विशेष उल्लासका साथ होली पर्व मनाईंदै छ । काठमाडौंका विभिन्न चोक तथा गल्लीहरुमा युवा युवतीहरु समुह–समुह बनाएर होली खेलीरहेका छन् । बालकदेखि वृद्धसम्म होलीको रौनकमा रमाइरेहका देखिन्छन् । टुंडिखेल लगायत कतिपय स्थानमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

होलीका क्रममा हुन सक्ने उच्छृंखल गतिविधि रोक्न प्रहरीले विशेष सतर्कता अपनाएको छ । ट्राफिक प्रहरीले राजधानीका विभिन्न ठाउँमा सवारी साधन चालकको मापसे चेक गर्नुका साथै मापसे सेवन गर्ने र उच्छृंखल गतिविधि गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा समेत लिएको छ ।

तर, राजधानीका सडकमा अन्य दिन जस्तो सवारी साधनको चाप छैन, सबैतिरका सडक र चोकहरुमा होली खेल्नेहरुकै उपस्थिति देखिन्छ ।

तस्विर/भिडियोः केशब सापकोटा

हेर्नुहोस् भिडियो

               

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *