छ ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपुर, फागुन १७ । नवलपुर त्रिवेणी क्षेत्रमा पर्ने नारायणी नदीबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी गरिरहेको बेला सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट सुस्ताले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरको नेतृत्वमा गएको १३ जनाको मोबाइल टोलीले सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा टोलअघि नारायणी नदीबाट गिट्टी, बालुवा र ढुंगा चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टरहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पठाएको सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरले जानकारी दिएका छन् ।

नारायणी नदीबाट हुने अवैधरूपमा नदीजन्य पर्दाथको चोरी कार्य रोक्नको लागि सशस्त्र प्रहरी बलका टिम सुस्ता गाउँपालिकामा सक्रिय भइ लागिरहेको छ । नेपाल प्रहरीले उल्टो स्थानीय ठेक्दारसँग मिलेर नारायणी नदीमा ब्रह्म लुट मच्चाएको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *