नेपालका सडक एसियाकै सबैभन्दा खराब

काठमाडौं, फागुन १७ । नेपालका सडक एसियाकै सबैभन्दा खराब रहेको वर्ल्ड इकोनोमिक फोरमकाे  सर्वेक्षण रिपोर्टले देखाएकाे छ ।

एसियाली देशहरुको सडकको अवस्थाबारे सार्वजनिक गरेको सर्वेक्षण रिपोर्टमा नेपाल सबैभन्दा खराबको सुचीमा रहेको हाे । आर्थिक स्रोतको कमी, कमजोर अर्थतन्त्र र पहाडी भूवनोटका कारण पनि नेपालका सडक खराब देखिएको सर्वेक्षण प्रदिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा रहेका छन् भने राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ र क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान रहेका छन् ।

बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *