सत्तासिन दल र संघीय समाजवादी फोरमबीच आजपनि वार्ता हुँदै

काठमाडैं, फागुन १७ । सत्ता पक्ष एमाले–माओवादी र संघीय समाजवादी फोरमबीच आज पनि वार्ता हुँदैछ । संविधान संसोधन र सरकारमा फोरमको सहभागिताको विषयमा सकारात्मक निष्कर्षमा पुगेको बताएका दलले आज सहमति पत्रमा हस्ताक्षर गर्ने बताएका छन् । वार्ता बालुवाटारमा गर्ने तयारी छ ।

हिजो दुई घण्टासम्म चलेको वार्ता सकारात्मक भएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । संविधान संशोधन र सत्ता बाँडफाँडको विषयमा भएको छलफल सकारात्मक भएपनि सहमति हुन भने सकेन । आजको बैठकले ठोस सहमति गर्ने यादवले आशा व्यक्त गर्नुभयो ।

आजको बैठकले संविधान, सत्ता बाँडफाँड र राज्य संचालनमा मधेसको भूमिका लगायतका बिषयमा निष्कर्ष संविधान संसोधनमा पछि टुङ्गो लगाउनेगरि पाँच बुँदे हस्ताक्षर गर्ने तयारी छ । फोरमले तीन मन्त्रालयमा दाबी गर्दै आएको छ भने सत्ता पक्षले दुई फुल मन्त्रालय र एक राज्यमन्त्री दिने तयारी गरेको छ। सँगै फोरमले संविधान संशोधनको अडानलाई समेत प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *