आज र भोलि नारायणगढ–मुग्लिन सडकखण्ड बन्द नहुने

चितवन, फागुन १७ ।  होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आज र भोलि गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको हो। यसअघि उक्त सडक बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो।

नेपालीले मनाउँदै आएको रङको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले बताउनुभयो। यहाँको सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हुँदै आएका छन्। उक्त सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ।

अझै केही ठाउँमा भित्तो काट्ने, क्यान्टिलिभर हाल्ने र विभिन्न स्थानमा कालोपत्रको काम बाँकी नै छ। निर्धारित समयमा निर्माण नसकिएपछि दुईपटक थपिएको समयसमेत अभाव हुँदै पुनः म्याद थपको तयारीमा आयोजना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *