होली खेल्दै हुनुहुन्छ ? यी कुराहरुमा बिशेष ध्यान दिनुहोस

काठमाडौं, फागुन १७ ।  रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ ।  तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ ।

बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ । रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन ।

तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा सावधान हुनु पर्दछ ।

रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ ।

फागु खेल्दा सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउने गर्दा पनि छालालाई बचाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *