नेपाली चिकित्सकलाइ बंगलादेशमा गाेल्ड मेडल

काठमाडौं, १६ फागुन । नेपालका एक चिकित्सक बंगलादेशमा सम्मानित भएका छन । नेपाल नेशनल अस्पतालमा कार्यरत चिकित्सक डा. सुमन विक्रम अधिकारी बंगलादेशमा सम्मानित भएका हुन् ।

बंगलादेशको एकमात्र पोस्ट ग्रेजुएट बंगबन्धु मेडिकल युनिभर्सिटिबाट सर्जरी डिपार्टमेन्टका लागि सर्वोत्कृष्ट सर्जनको रुपमा प्राइम मिनिस्टर गोल्ड मेडलबाट डा.अधिकारीलाई सम्मानित गरिएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनलाई गोल्ड मेडल लगाई दिएकी थिईन् । अधिकारीलाई बंगलादेशको चिकित्सा क्षेत्रकै सम्पूर्ण शल्य डिपार्टमेन्टमध्येको सर्वोत्कृष्ट ठहर्याउँदै सो सम्मान गरिएको बताईएको छ। अधिकारी एक वर्षदेखि नेपाल नेशनल हस्पिटलमा बाल शल्य चिकित्सकका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *