मोटरसाईकलबाट खसेर महिलाको मृत्यु

गौशाला, फागुन १६ । महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेकी छिन् ।

खातुन पतिसँग ज१०प ८२०९ नं को मोटरसाइकलमा श्रीपुरबाट आफ्नो घर कठुधार जाँदै गर्दा औरही–८ स्थित टिम्कियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घाइते खातुनलाई उपचारका लागि बर्दिवास लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *