विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी !

काठमाडौं, फागुन १६ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले विप्लवको घरमा पुर्जी टाँस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।

नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए । आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ? भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् ।

नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए ।

नेकपाका पोलिटव्यूरो सदस्य बमले लेखेका छन्
‘महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?
सरल शब्दमा भन्दा यो सरकारको दमन गर्ने संकेत हो यस्ले अनिवार्य प्रतिरोध जन्माउछ ।

स्थानीय तहसहित केन्द्र र प्रदेशको निर्वाचन हिंसात्मक बहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाले विभिन्न ठाउँमा बम विस्फोट गराएको थियो । केपी ओली प्रधानमन्त्री भए लगत्तै विरगञ्जमा युवा संगठनको कार्यक्रममा सहभागी पार्टीका दुई जना नेताहरुलाई गिरफ्तार गरेको थियो । उनीहरुको गिरफ्तारीले ओली सरकार विप्लव समूह विरुद्ध कठोर रुपमा प्रस्तुत हुने संकेत देखिएको छ ।
गिरफ्तार दुबै नेता हिजो मात्र रिहा भएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपा(ओली–दाहाल) भर्सेज नेकपा(विप्लव) ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *