श्रीदेवीको दाह संस्कार आज

श्रीदेवीको अन्तिम संस्कार अाज दिउँसो पौने ४ बजे हुने भएकाे छ । अन्तिम दर्शनका लागि उनको पार्थिव शरीर बुधवार मुम्बईको लोखण्डवालास्थित सेलिब्रेसन स्पोट्र्स क्लबमा राखिएको छ ।

श्रीदेवीलाई सेतो रङ्ग मन पर्ने भएकोले उनले परिवारका मानिस तथा नजिकका साथीहरुलाई आफ्नो अन्तिम समयमा सबै कुरा सेतो होस भन्ने गर्थिन् । त्यसैले सेलिब्रेसन क्लबमा सेतो पर्दा र सेतो फूल लगाइएको छ । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर व्यग्रताका साथ भेला भएका भारतीय टेलिभिजनले देखाएका छन् ।

श्रीदेवीको परिवारका तर्फबाट मंगलवार जारी बयानमा भनिएको छ, ‘यस भावुक पलमा परिवारको साथ दिएकामा मिडियालाई धन्यवाद छ । उनको अन्तिम संस्कार पौने ४ बजे विले पार्लेस्थित मसानघाटमा गरिनेछ । दिउँसो सबा २ बजे अन्तिम यात्रा निकालिनेछ ।’

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले उल्लेख गरेको छ ।”

वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स युएई सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर रहेको छ ।

भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा बन्द गरेको दुबई प्रहरीले जनाएको छ । मंगलबार राति दुबईबाट ल्याईएको उनको शवलाई सीधै उनको घर ग्रीन एकर्समा लगिएको थियो ।दुबई प्रहरीले इन्डियन कन्सुलेट र श्रीदेवीको परिवारलाई क्लीयरेन्स लेटर दिएर केस बन्द गरिदिएको थियो । सोमवार फोरेन्सिक रिपोर्टबाट श्रीदेवीको मृत्यु कार्डिएक अरेस्टबाट नभई बाथटबमा डुबेर भएको खुलासा भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *