टिभिएस जुपिटर पोखरा र चितवनमा अनावरण

काठमाडौं, फागुन १६ । नेपालमा टिभिएस स्कूटर मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गरेको छ ।

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्डएम्बेस्डर, आयुष्मान जोशी र प्रियंका कार्कीले गरे । नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्ध मध्येका एक सुरज थापा कार्यक्रममा उपस्थित थिए ।

‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जिनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र फियुलइफिसेन्सी रहेको छ ।

नेपाली बजारमा युवाहरु माझ स्थापित यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडीकलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुविधा छन् । चालकलाई सुखद अनुभूति र उच्चगति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *