सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा

काठमाडौं, फागुन १६ । सिरियालाई रासायनिक हतियार बनाउन उत्तर कोरियाले सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् ।

सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ । पछिल्ला दिनमा सिरियाली सेनाले विद्रोहीविरुछद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध भोग्दै आएको छ ।

सिरियाली सरकारी एजेन्सी साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टरले उत्तर कोरियाली रासायनिक कम्पनीहरुलाई ठूलो रकम तिरिरहेको दाबी पनि अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *