आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, फागुन १६ ।  अर्थतन्त्रको अनुशासन : नागरिक

वित्तीय अनुशासनलाई तिलाञ्जलित दिँदै बजेट पसा माग्ने काम एक दशकयता नियमितजस्तै बन्न पुगेको छ ।
प्रत्येक बर्ष यो अराजकता बढ्दै गएको छ । नेता, कार्यकर्ता र उच्च पदस्थ कर्मचारीको स्वाार्थतका कारण बजेट बाहिरबाट रकम माग्ने प्रवृत्ति बढेको हो ।

प्रत्येक बर्ष गैरबजेटरी बजेट माग गर्ने प्रवृत्ति थामिनसक्नु भएपछि अर्थ मन्त्रालय नेता तथा कार्यकर्ताको दबाबमा पैसा नदिने नीति ल्याएको पनि हो । मन्त्रालययका अधिकारीमाथि संसद्ले पास गरेका र रातो कितावमा परेका कार्यकक्रमबाहेक नयाँ कार्यक्रम बनाई पैसा मागरे अनियमितता गर्न खाजेको आरोप लाग्दै आएको छ ।

बजेट खर्च नगर्ने तर बर्षको बीचमा नयाँ कार्यक्रमका लागि भन्दै थप माग्नुले जथाभावि खर्च गरी अनियमितता गर्ने नियम लुकेको देखिन्छ ।

अर्थमन्त्री खतिवडालाई अवसर : कान्तिपुर 

राष्ट्र बैंकको गभर्नर हुँदा अस्तव्यस्त रहेको वित्तीय क्षेत्रलाई उकासेको जस पाएका युवराज खतिवडालाई अर्थमन्त्रीका रूपमा समस्यामा रहेको अर्थतन्त्र सुधार्ने अवसर प्राप्त भएको छ ।

आफूलाई मन्त्री बनाउने वाम गठबन्धनको चाहना पूरा गर्दा उनले विगतमा बनाएको छवि धूमिल हुन्छ कि हुँदैन भन्ने विषयको मूल्यांकन अबको समयले गरिरहनेछ ।

तीन दशकदेखि मुलुकको अर्थतन्त्रलाई नियालिरहेका व्यक्ति भए पनि खतिवडाका लागि अर्थमन्त्रीको कार्यभार चुनौतीपूर्ण हुने देखिएको छ ।

विगतमा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न पदमा बसेर गरेका कठोर निर्णयहरू यस पटक अगाडि बढाउन उनैले बनाएको वाम गठबन्धनको घोषणापत्र कार्यान्वयन मुख्य बाधक बन्न सक्छ ।

राज्य ढुकुटी बाढेर जनतामाझ लोकप्रिय बनिन्छ भनेर विश्वास गर्ने पार्टीपंक्ति रहेको नेकपा एमालेका तर्फबाट अर्थमन्त्री बनेका खतिवडाले बढ्दो खर्च र सीमित स्रोतबीच तालमेल मिलाउनुपर्नेछ, जुन तत्कालै उनका सामु आइपर्ने समस्या हो ।

पद बहालीपछि आयोजित कार्यक्रममा उनले संकटका बेला नै व्यक्तिको क्षमताको पहिचान हुने बताएका थिए । प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्न सके उनीसँगै मुलुकको अर्थतन्त्रले आगामी पाँच वर्षमा फड्को मार्न सक्नेछ, जुन अवसर खतिवडाले पाएका छन् ।

अर्थमन्त्रीसँगका अपेक्षा : नयाँ पत्रिका 

यसपालिको संसद् निर्वाचनको परिणाम आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति धेरैको ध्यान खिचिएको थियो ।

समग्र निर्वाचन अवधिभर उनी मुख्य अभियन्ता बने र गठबन्धनलाई सुविधाजनक बहुमत दिलाए ।

प्रधानमन्त्री हुँदै गरेका ओलीले पहिलो कार्यकालमा देखाएका सपनाप्रति सामान्य मानिसमा एकप्रकारको आशा देखिएको थियो । तर, निर्वाचित भएको दुई महिनासम्म पनि सरकार गठन गर्न नपाएपछि आममतदाता नयाँ सरकारप्रति त्यति धेरै उत्साहित रहेनन् ।

खासगरी एकदम उत्साहित देखिएको वामपन्थी मतदाताको उत्साहको पारो पनि घट्दै गएको थियो । गत साता एमाले नेता केपी शर्मा ओली प्रधानमन्त्री बने ।

तर, उनले पहिलो दिन मन्त्रिपरिषद्लाई पूर्ण आकार दिन नसकेका मात्र होइनन्, आजसम्म पनि त्यसले पूर्ण आकार लिन सकेको छैन ।

प्रधानमन्त्रीले सुशासनका क्षेत्रमा सक्रियतापूर्वक हस्तक्षेप गरे र अर्थमन्त्रीलाई नीतिगत क्षेत्रमा हस्तक्षेप नगरी साथ दिए भने ओली सरकारले केही वर्षभित्र अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन सक्ने आशा बढेको छ । परीक्षा दिने पालोमा युवराज खतिवडा आइपुगेका छन् ।

आगलागीका घटनामा पूर्वसावधानीको खाँचो : नेपाल समाचारपत्र 

गर्मीयाम शुरु भएसँगै राजधानीलगायत देशका विभिन्न क्षेत्रमा आगलागीका घटना बढ्न थालेका छन् । मानवीय त्रुटिको कारणले पनि आगलागीको घटना हुने गरेका छन् ।

राजधानीमा अधिकांश आगलागी विद्युत् सर्ट भएर हुने गरेको छ । पछिल्लो दुई साताको अवधिमा राजधानीमा मात्र आठ स्थानमा आगलागी भएका छन् ।

राजधानी मात्र होइन, राजधानीबाहिरका विभिन्न जिल्लाका जङ्गलमा पनि आगलागीका घटना बढेका छन् । यसर्थ सतर्कता अपनाउनु जरुरी देखिएको छ ।

त्यसैले आगलागी भएको अवस्थामा तत्काल नियन्त्रणमा लिने संयन्त्र बनाएर सरकारले काम गर्नुपर्ने देखिन्छ ।

समयमा नै वारुणयन्त्र नपुग्दा पनि ठूलो जनधनको क्षति हुने गरेकोले यसतर्फ पनि ध्यान दिनु जरुरी देखिन्छ ।

अर्थतन्त्र उकास्ने चुनौती : अन्नपुर्ण पोष्ट

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकले आर्थिक क्षेत्रका धेरै सूचकांकहरू नकारात्मक देखाएको छ। विप्रेषण आप्रवाहमा आएको शिथिलता कायमै छ। मुलुकले धान्नै नसक्ने गरी आयात बढेको छ।

निर्यात निरन्तर रूपमा घट्दो छ। यस्तो अवस्थामा अर्थमन्त्रालयको दायित्व पाएका अर्थशास्त्री डा। युवराज खतिवडाको अगाडि चुनौतीका चाङ छन्। त्यससँगै सम्भावनाको नयाँ ढोका खोल्ने साँचो पनि।

राष्ट्रबैंकमा गभर्नरको रूपमा उनले गरेका केही कामका कारण मात्र होइन, अन्तर्राष्ट्रिय समुदायको बीचमा उनीमाथि रहेको विश्वासका कारण पनि अर्थमन्त्रीको नियुक्ति आशाको दीप बनेको देखिन्छ।

वाम गठबन्धनको चुनावी घोषणापत्रमा लेखिएका कतिपय कार्यक्रमका कारण आम जनतामा देखिएको अपेक्षालाई खतिवडाको नियुक्तिले झनै आशालाग्दो बनाएको छ। यस्तो महत्वाकांक्षा पूरा गर्न अबका केही वर्षमै दोहोरो अंकको आर्थिक वृद्धि अनिवार्य देखिन्छ।

दोहोरो अंकको आर्थिक वृद्धिदरका लागि पहिलो सर्त हो, लगानी। पूर्वाधारलगायतका क्षेत्रमा राज्यले लगानी बढाउन नसक्दासम्म आर्थिक विकास प्रायः असम्भवजस्तै देखिन्छ।

रोजगार सृजना क्षेत्रमा समेत यस्तो लगानीले सकारात्मक नतिजा ल्याउँछ। सस्तो लोकप्रियताका लागि बजेट कनिका छरेजसरी छर्ने प्रचलनमा निकै होड चल्ने गरेको देखिन्छ।

यसरी छरिएको बजेटले आर्थिक विकासभन्दा कार्यकर्ता खुसी पार्न प्रयोग हँुदै आएको छ। त्यसैले आगामी आवको बजेट डा. खतिवडाको अर्थमन्त्रीको रूपमा पहिलो परीक्षा हो। यो परीक्षामा उनले बजेटलाई वितरणमुखी नबनाएर परियोजनामुखी बनाउन सक्नुपर्छ।

यी सबैका बाबजुद अर्थमन्त्रीसँग प्रशस्त सम्भावना पनि छन्। थलिएको अर्थतन्त्रलाई देखिने गरी सामान्य सुधार गर्न सके अहिले उनको नियुक्तिपछिको उत्साह सार्थक हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *