कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु

काठमाडौं, फागुन १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आज कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ ।

मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

अब्दुलको घटनास्थलमै र अन्सारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *