सलमान खानको कार्यक्रमलाई विप्लवले बिथोल्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले नेपालमा हुन लागेको सलमान खानको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ । भारतीय नायक सलमान खान नेपाल बिरोधि भएको भन्दै उनले कार्यक्रम असफल बनाउने घोषणा गरेका हुन् ।

विप्लवले बहुराष्ट्रिय कम्पनी कार्सबर्गको लगानी रहेको गोर्खा ब्रुअरीले आफ्नाे मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएका छन् । सलमानको कार्यक्रमविरुद्ध औपचारिकरुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरे आन्दोलनको घोषणा गर्ने समेत जनाएका छन् ।

‘सलमान नेपाल र नेपालीको मायाका लागि आउन लागेका होइनन् । नेपाली कलाकारहरुलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा कुनै पनि नेपालीलाई मान्य हुँदैन । भूकम्पमा हजारौं नेपाली छटपटाएको बेला सहयोग गर्न इन्कार गर्नेलाई ल्याएर कार्यक्रम गर्ने कुराप्रति हाम्रो घोर आपत्ति छ ’उनले भने ।

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर नतिरेको भन्दै कम्पनी र कार्यालयलाई सर्वोच्च अदालतले बोलाएको थियो ।

यसअघि पनि उक्त कम्पनीले कर नतिरेपछि गोर्खा ब्रुअरीले खेतान ग्रुपको ३० प्रतिशत सेयर आफूले लिएर व्यवस्थापन समेत आफैले लिएको थियो । त्यसपछि चुडामणि शर्माको कर फर्छौयौट आयोगबाट ८७ करोड रुपैयाँ भन्दा बढि कर छुट लिएको थियो ।

नेपालमा कर तिर्न नसक्ने तर भारतीय कलाकारलाई करोडौं रुपैयाँ तिरेर कार्यक्रम गर्न सक्ने भन्दै गोर्खा ब्रुअरीको नियतमाथि विप्लव माओवादीले प्रश्न समेत उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *