श्रीदेवीको रहस्यमय मृत्यु : शंकाको सुई पति बोनी कपुर तिर

मुम्बई । दुबईको होटल जुमेराह अमीरात टावरमा भएको श्रीदेवीको मृत्युले धेरै प्रश्न खडा गरिरहेको छ । मिडियाले हरघण्टा उनको मृत्युसँग जोडिएका नयाँ खुलासा गरिरहेका छन् ।

कार्डियक एरेस्टबाट शुरु भएर उनको मृत्युको कारण रक्सी पिउनेदेखि बाथटबमा डुब्नेसम्ममा आइपुगेको छ ।

दुबई प्रहरीका अनुसार – श्रीदेवीले रक्सी पिएकी थिइन् र अनियन्त्रित भएर बाथटबमा लडिन् र त्यहाँ उनको मृत्यु भयो ।

यो पूरा घटनाक्रमले केही प्रश्नहरुहरु जन्माएको छ जसले श्रीदेवीको मृत्युलाई झन् रहस्यमय बनाएको छ ।

प्रश्न १ – बोनी कपुर आफ्नो भान्जाको विवाहमा पत्नी श्रीदेवी र कान्छी छोरीसँग दुबई पुगेका थिए । तर, विवाह सकिने बित्तिकै उनी मुम्बई फर्किए । उनी एक दिनका लागि श्रीदेवीलाई छाडेर किन भारत फर्किए ? फेरि श्रीदेवीलाई सरप्राइज दिन किन दुबई पुगे ?

प्रश्न २ – डाक्टरहरुले प्रश्न उठाएका छन्, बाथटबमा लडेर उनको मृत्यु भएको हो भने उनको शरीरमा किन कुनै चोटको निशान छैन ?

प्रश्न ३ – श्रीदेवीले कति रक्सी पिएकी थिइन् कि उनले आफूमाथि नै नियन्त्रण राख्न सकिनन् ? किनभने कपुर परिवारका मित्र अमर सिंहको बयानका अनुसार श्रीदेवी कहिले पनि हार्ड ड्रिङ्क पिउँदिन थिइन् । सार्वजनिक रुपमा उनी कहिलेकाहीँ वाइन मात्र सेवन गर्थिन् ।

प्रश्न ४ – त्यसो भए के कसैले श्रीदेवीलाई जबर्जस्ती रक्सी खुवाएको थियो र पछि लगेर बाथटबमा फाल्यो ?

प्रश्न ५ – बाथरुममा श्रीदेवी पुग्नअघि नै बाथटबमा पानी कसरी भरिएको थियो ? के कसैले जानीजानी बाथटबमा पानी भरेको थियो ?

प्रश्न ६ –जाँचबाट यो पत्ता लागेको छ कि बोनी कपुरले सबैभन्दा पहिले डाक्टरभन्दा आफ्नो साथीहरु फोन लगाए । उनले किन यस्तो गरे ?

प्रश्न ७ – पोष्टमार्टम रिपोर्टमा बाथटबमा डुबेर उनको निधन भएको भन्ने कुरामा पनि विवाद छ । किनभने बाथटब कुनै स्वीमिङ पुल होइन जहाँ एक सामान्य मानिस लडेर उठ्न नसकोस् ।

प्रश्न ८ –भान्जाको विवाह सकिएपछि श्रीदेवी आफ्नो बहिनीसँग दुबईमा बसेकी थिइन् । उनले बहिनीसँग केही समय बिताउन चाहेको बताइएको थियो । तर, मिडिया रिपोर्टका अनुसार श्रीदेवी ४८ घण्टादेखि होटलभन्दा बाहिर नै निस्केकी थिइनन् ।

प्रश्न ९ –जब राती ९ बजे श्रीदेवीसँग यत्रो ठूलो हादसा भयो भनिएको छ, यसबारे ६ घण्टापछि मात्र किन बाहिर जानकारी दिइयो ?

प्रश्न १० – होटल स्टाफले कुराकानीमा राती १०ः३० बजेतिर श्रीदेवीले पानी अर्डर गरेको बताएका छन् । करिब १५ मिनेटपछि होटलका कर्मचारी उनको कोठामा पुगेको थियो । तर, उनले ढोका खोलिनन् । केही नराम्रो भएको आशंकामा स्टाफले होटलको अल्राम बजाएका थिए । त्यसपछि ढोका खोलिएको थियो । श्रीदेवी बाथरुमको भूइँमा थिइन् । उनको पल्स चलरिहेको थियो । त्यतिबेला ११ बजेको थियो । होटलको स्टाफको बयानले घटनामा थप रहस्य थपेको छ । यस बयानमा बोनी कपुर गायब छन् । एजेन्सी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *