धरान महोत्सवमा १० करोडको कारोबार

धरान, फागुन १५ । सुनसरी उद्योग बाणिज्य संघद्धारा धरानमा आयोजना भएको प्रादेशीक महोत्सवमा १० करोड बराबरको कारोबार भएको छ । प्रर्दशनीमा विभिन्न ५५ जिल्लाबाट ४० हजार भन्दा बढी किसानहरुले अवलोकन गर्नुका साथै १० करोड रुपियाँ बराबर करोवार भएको आयोजकले जनाएका छन् ।

धरानको पूर्वाञ्चल ईन्जीनियरिङ क्याम्पसमा फाल्गुन १० देखि १३ सम्म सञ्चालन गरिएको महोत्सवमा २० मुलुकमा उत्पादन भएका झण्डै दुई हजारभन्दा बढि कृषि औजारको प्रर्दशनी गरिएको थियो भने साना कृषि औजार देखि ठुला आधुनिक औजार सम्म एकै थलोमा आम किसानहरुले अवलोकन गरेका थिए ।

मेलामा बिक्रीका लागी राखिएको नेपालका मौलिक कच्चा पदार्थ र प्रविधिबाट बनेको एक किसिमको सिस्नो भाङग्रा बाट तयार गरिएको कपडाको स्टल अवलोकन कर्ताहरुका लागि आकर्षणको केन्द्र बनेको देखिएको छ । स्वास्थ्यको लागि सूतिको कपडा उपयोगी हुने भएकोले पनि अहिलेका उपभोक्ताका लागि भाङग्राको कपडा धरानमा उपलव्ध हुनु नै पारखीहरुका लागि किनमेलको रोजाई बनेको हो ।

हाते तानबाट उत्पादित प्रतिमिटर २ हजार रुपिँया सम्म पर्ने यो कपडा दउरा, सुरुवाल, कोट, इष्टकोट, ज्वारी कोट, कमिजका लागि उपयोग गरिन्छ । मेलामा राखिएको स्टलमा भाङग्रा र अल्लोको कपडाको जुत्ता समेत राखिएको थियो ।

महोत्सव मेलामा जुवाजन्य खेल तमासा भने थिएन, रोटे पिङ देखी मौतका कुवा र बालबालिको हेलिकप्टरले पारिवारीक घुमघामको आकर्षण दिएको हो ।

अबको दुई वर्षपछि चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी २०७६ प्रदेश नम्बर ३ मा गर्ने घोषणा सहित तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी २०७४ सम्पन्न भएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग अन्चगर्तको कृषि ईन्जीनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा चार दिने प्रर्दशनी भएको हो ।

पछिल्लो समय नेपालको कृषि क्षेत्रमा देखिएको आमुल परिवर्तन र मुलुकलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने दिगो कृषि विकास मार्फत समृद्ध प्रदेश निर्माणको लक्ष्य प्राप्तिमा कृषि यान्त्रिकीकरण प्रर्दशनी आम किसानहरुका लागि निकै फलदायी भएको आयोजकले जनाएको छ । युवा जनशक्ति शहरकेन्द्रित र बिदेश पलायन हुँदा कृषि श्रम बजारमा जनशक्ति अभाव देखिएकाले यान्त्रीकरणको महत्व पनि बढ्दै गएको हो ।

प्रर्दशनीको समुदघाटन नवनिर्वाचित प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए भने समापन धरान उपमहानगरपालिकाका उपमियर मञ्जु भण्डारीले गरेकी थिईन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *